नेपाल न्युज प्वाइन्ट डटकम
मन्त्रिपरिषद्‌बाट बजेट पारित

काठमाडौं : मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

मंगलबार ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ बजेट पेस गर्ने कार्यसूची छ ।

संविधानमै जेठ १५ मा संघीय संसदको बैठकमा बजेट पेस गर्ने प्रावधान छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update