बजेट भाषण दुई घण्टा पछि सर्यो

काठमाडौं : बजेट भाषणका लागि बोलाइएको संघीय सदनका संयुक्त बैठक दुई घण्टा पछि सरेको छ ।
बजेट वक्तव्य पेस गर्नका लागि संयुक्त सदनको बैठक मंगलबार दिउँसो १ बजेलाई बोलाइएको थियो ।
बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक दुई घण्टा पछि सरेपछि बजेट भाषण पनि दुई घण्टा पछि सरेको हो । बजेट भाषण अब ३ बजे हुने छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ ११:५९
प्रतिक्रिया दिनुहोस्