नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य बढ्यो

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । आइतबार प्रतितोला रु एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु एक लाख ३७ हजार दुई सय कायम भएको छ । 

साथै तेजावी सुनको मूल्य प्रतितोलामा रु तीन सयले बढेर रु एक लाख ३६ हजार पाँच सय ५० कायम भएको छ । साथै चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु एक हजार आठ सय ८० कायम भएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update