प्रतिपक्षीको अवरोधका बीच अर्थमन्त्रीले प्रस्तुत गरे आर्थिक सर्वेक्षण

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधि सभा बैठकमा नाराबाजी कायमै राखेको छ । सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षामान पुनलाई बोल्न समय दिएपछि कांग्रेसले संसद अवरोध गरेको हो ।
विपक्षीको अवरोधकाबीच अर्थमन्त्री वर्षमान पुनले संसद बैठकमा आर्थिक वर्ष ०८० ८१ आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गरेका छन् ।
अर्थमन्त्री पुन आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा विपक्षी दलका सांसहरुले घेरा हालेर रोकेका थिए । पछि सत्ता पक्षकै सांसद र मर्यादापालकहरुको सहयोगमा मन्त्री पुन रोष्टममा पुगेका थिए । सोक्रममा सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेलाधकेलसमेत भएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ १२:३७
प्रतिक्रिया दिनुहोस्