एनपिएल : कर्णालीले चितवनलाई हरायो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम खेलमा कर्णालीले चितवन राइनोजलाई २४ रनले हराएको हो ।

कर्णालीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १ सय २९ रनमा अलआउट भयो ।

कर्णाली प्लेअफको दाैडबाट भने बाहिरिसकेको छ । चितवनले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update