काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालविरुद्ध सार्वजनिक जग्गा व्यक्तिका नाममा छुट दर्ता गराएको आरोपमा विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराई व्यक्तिका नाममा छुट दर्ता गराएको विषयमा अनियमितता भएको दाबीसहित नेपालविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराउने प्रक्रियामा कैफियत देखिएपछि भ्रष्टाचार मुद्दा अघि बढाइएको हो। हाल उक्त मुद्दा विशेष अदालतमा रुजु हुने प्रक्रियामा रहेको छ ।
यसअघि पनि नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन अवस्थामा छ ।
नयाँ मुद्दा दायर भएसँगै नेपालविरुद्ध विशेष अदालतमा विचाराधीन भ्रष्टाचारसम्बन्धी मुद्दाको संख्या थपिएको छ ।



