नेपाल न्युज प्वाइन्ट डटकम
साउदीमा सुरक्षा खतरा बढेपछि सतर्कता अपनाउन नेपाली राजदूतावासको आग्रह

काठमाडौं : साउदी अरबको पूर्वी क्षेत्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपाली श्रमिकको मृत्यु भएपछि नेपाली राजदूतावास रियादले साउदी अरबमा कार्यरत तथा बसोबास गर्ने नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । राजदूतावासले अनावश्यक रुपमा घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।

दूतावासले सूचना जारी गर्दै सुरक्षा चेतावनी जारी भएका क्षेत्र वा समयमा विशेष सावधानी अपनाउन र आधिकारिक निकायका निर्देशनहरु मात्र पालना गर्न आग्रह गरेको छ । सामाजिक सञ्जालमा भ्रामक, अपुष्ट वा उत्तेजक फोटो र भिडियोहरू पोस्ट तथा सेयर नगर्नसमेत भनेको छ ।

हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीहरुलाई उडान तालिका परिवर्तन भए-नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट निश्चित गरेर मात्र यात्रामा निस्कन भनेको छ ।

कुनै पनि समस्या वा आपत्कालीन अवस्था आएमा रियादस्थित नेपाली राजदूतावास र जेद्दास्थित महावाणिज्यदूतावासका फोन नम्बर तथा इमेलमार्फत सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

साउदीमा करिब ४ लाख नेपाली श्रमिकले काम गरिरहेका छन् ! भने, प्रत्येक वर्ष नेपालबाट रोजगारीको लागि ९० हजार जाने गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update