गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
गुल्मी : गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो सोमबार गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घटनास्थलमै पाँच जनाको मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३ १८:५९
प्रतिक्रिया दिनुहोस्



