नेपाल न्युज प्वाइन्ट डटकम
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन् । उनी तीन दिने भ्रमणका लागि आज भारत गएको उनको सचिवालयले जानकारी दिएको छ ।

लामिछाने श्रीमती निकिता पौडेलसहित पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गरेका हुन् ।

आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका उनीहरु त्यहाँबाट भारततर्फ लाग्ने कार्यक्रम छ । 

सभापति लामिछाने भारतको उत्तराखण्ड, नैनीतालस्थित  कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका लागि परिवारसहित पुग्ने र यो उनको निजी भ्रमण रहेको सचिवालयले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update