रवि लामिछाने भारत जाँदै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जान लागेका छन् । उनी तीन दिने भ्रमणका लागि आज भारत जाने उनको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
विज्ञप्तिमा सभापति लामिछाने भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका लागि परिवारसहित पुग्ने र यो उनको निजी भ्रमण रहेको उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३ ०८:३२
प्रतिक्रिया दिनुहोस्



