नेपाल न्युज प्वाइन्ट डटकम
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । डोल्माको नियुक्तिको विरोधमा सोमबार लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाऊ संयुक्त समिति तथा तामाङ नागरिक समाजको अगुवाइमा माइतीघरमा प्रदर्शन गरिएको हो ।

बौद्ध भिक्षुणी डोल्मालाई नागरिकता किर्ते गरेको तथा सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारले नियुक्त गरेको उनीहरुको आरोप छ । डोल्माको नियुक्ति खारेज गरी उनको नागरिकता तथा सम्पत्ति शुद्धीकरणको मुद्दालाई यथाशीघ्र टुंगोमा पुर्‍याउनुपर्ने उनीहरुको माग छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update