नेपाल न्युज प्वाइन्ट डटकम
नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुर हुँदै छ।

काठमाडौंको खुलामञ्चमा असोज २२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे सुरू हुनेछ।

उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निम्ता गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरेको छ।

महाधिवेशनमा करिब ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुनेछन्।

भारत, चीनसहित विभिन्न देशका पार्टीहरूलाई पनि उद्घाटन सत्रका लागि निम्तो दिइएको कांग्रेसले जनाएको छ।

आज उद्घाटन र असोज १९ र २० गते खुलामञ्चमै बन्दसत्र चल्नेछ।

त्यसपछि निर्वाचन कार्यक्रम अघि बढ्नेछ। असोज २१ र २२ गते निर्वाचन हुनेछ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update