सुनचाँदीको मूल्य घट्यो
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य प्रतितोला रु. पाँच हजार र चाँदीको मूल्य रु. १४५ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु. दुई लाख ९४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु. चार हजार ५१० कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला रु. दुई लाख ९९ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६५५ कायम भएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०८३ ११:५६
प्रतिक्रिया दिनुहोस्


