सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलामा २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update