नारायणीको बाढीले बगाएको क्रुजसिप पुलमा अड्कियो, पुलमा आवतजावत पूर्णरूपमा बन्द
काठमाडौं : नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ । क्रुजसिप बगेर नारायणी पुलको गैंडाकोटटर्फको भागमा अड्किएको छ । घरजत्रो क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ ।
बगेर आएको क्रुजसिपले नारायणी नदीमा रहेको पुलको पिलरमा धक्का दिएको छ ।
क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण रुपमा बन्द गरिएको छ । चितवनको भरतपुर र नबलपुरको गैंडाकोट जोड्ने पुलमा आवतजावत बन्द हुँदा पूर्व-पश्चिम राजमार्गको सवरी आवगमन प्रभावित भएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०८३ १८:३५
प्रतिक्रिया दिनुहोस्


