नेपाल न्युज प्वाइन्ट डटकम
प्रहरी नियन्त्रणबाट छुटे पूर्वप्रधानन्यायाधीश राणा

काठमाडौं : प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई रिहा गरेको छ । आइतबार बिहान ३ बजे उनलाई निवासबाट नियन्त्रणमा लिइ अपराध अनुसन्धान विभाग टेकुमा ल्याइएको थियो । त्यहाँ उनलाई सोधपुछ गरिएको प्रहरी स्रोत बताउँछ । 

चौतर्फी विरोधपछि प्रहरीले राणालाई मध्याह्न छाडेको छ । उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई सुरक्षा थ्रेट रहेकाले सुरक्षा दिन प्रहरीमै ल्याएको दाबी गर्दैआएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update