नेपाल न्युज प्वाइन्ट डटकम
एमालेको स्थायी कमिटीमा ईश्वर पोखरेलसहित ७ नेता मनोनीत

काठमाडौं : नेकपा एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्यहरू मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित ७ नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो ।

बैठकले पोखरेलसहित प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अम्गाईंलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो ।

साथै बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा प्रस्ताव गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update