नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ३ हजार २ सय रुपैयाँले घटेर तोलामा २ लाख ९९ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा १६५ रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update