एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो ।
सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो ।
जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज भएको समूह बिअन्तर्गतको खेलमा पाकिस्तानसँग नेपाल ५८–४३ अंकले पराजित भएको हो ।
खेलको पहिलो हाफ नेपालले १७–३० ले गुमायो भने खेलको दोस्रो हाफमा नेपाल पुनः २६–२८ ले पछि परयो ।
नेपालले दुवै हाफमा कूल ४३ अंक बनाउँदा पाकिस्तानले ५८ अंक जोड्दै १५ अंकको जित निकालेको थियो । नेपालले समूह चरणकै अर्को खेल इरानसँग आजै खेल्दैछ ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३ ११:४८
प्रतिक्रिया दिनुहोस्


