प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफल तथा परामर्शका लागि प्रमुख प्रतिपक्षी दलका नेता तथा पार्टी पदाधिकारीलाई बोलाएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि मंगलबार अपराह्न संयुक्तराज्य अमेरिकातर्फ प्रस्थान गर्नेछन् ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०८३ १५:४४
प्रतिक्रिया दिनुहोस्


