दीपककुमार साह उद्योगमन्त्री बन्ने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद दीपक शाह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले उनको नाम नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि साहलाई सिफारिस गरिएको हो ।
साह सुनसरी-४ बाट निर्वाचित सांसद हुन् । साह चुनावअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३ १६:४२
प्रतिक्रिया दिनुहोस्


