काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधानका विषयमा विस्तृत छलफल भएको थियो ।
छलफलमा डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अहिले चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नभएको बताएका थिए। उनले पार्टी एकताका लागि आफूले आवश्यक पर्ने जुनसुकै त्याग गर्न तयार रहेको पनि स्पष्ट पारे ।
जवाफमा सभापति थापाले पनि पार्टी एकताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सबै पक्षलाई मिलाएर अघि बढ्ने धारणा व्यक्त गरेका थिए ।
यस्तै दुई नेताबीच यही भदौ १० गते रसुवास्थित नेपाल–चीन सीमामा आएको विनाशकारी बाढी तथा त्यसपछि रसुवा, नुवाकोट र धादिङ जिल्लामा देखिएको पछिल्लो अवस्थाबारे पनि छलफल भएको जनाइएको छ ।


