हत्या आरोपीको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ
काठमाडौं : बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बालात्कारपछि हत्याका आरोपी किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् ।
किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा बाराका प्रहरी हवल्दार कुमार विक पक्राउ परेका हुन् ।
पक्राउ परेका हवल्दार विकलाई फौजदारी कुसरमा कारबाही अघि बढाउने तयारी भएको छ ।
सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियोमा आरोपी किशोरले घटनाको योजना कसरी बन्यो र कसरी बलात्कारपछि हत्या गरिएको थियो भन्नेबारे खुलाएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३ १५:२७
प्रतिक्रिया दिनुहोस्


