नेपाल न्युज प्वाइन्ट डटकम
गरिमाको बलात्कार र हत्यामा संलग्न आरोपीको बयानको भिडियो सार्वजनिक भएपछि प्रहरीले थाल्यो छानबिन

काठमाडौं : बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

बालिकाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे बोलेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको हो ।

भिडियो सार्वजनिक भएपछि प्रहरीले छानबिन सुरू गरेको छ । सोमबार उक्त भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको हो ।

अनुसन्धानको क्रममा भएको विषय र आरोपीको भनाई सार्वजनिक भएसँगै प्रहरीको अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको छ । सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियोमा आरोपी किशोरले घटनाको योजना कसरी बन्यो र कसरी बलात्कारपछि हत्या गरिएको थियो भन्नेबारे खुलाएका छन् ।

उनले आफू र जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का मिलेर बालिकालाई पहिले बलात्कार र त्यसपछि हत्या गरेको खुलाएका छन् । त्यसरी अनुसन्धानको विषय बाहिर आएपछि जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे छानबिन थालेको जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update