नेपाल न्युज प्वाइन्ट डटकम
सप्तरीमा दुई वर्षीया बालिका मृत फेला

सप्तरी : शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् । स्थानीय इरफानकी छोरी सानिया खातुन घरपछाडिको झाडीमा मृत फेला परेकी हुन् ।

परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म सानिया घरमै थिइन् । त्यसपछि बालिका हराएको थाहा पाएपछि परिवारले खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि रहेको झाडीमा उनको शव फेला पारेका थिए ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान तथा छानबिन अघि बढाएको जनाएको छ ।

बालिकाको मृत्युको कारण भने खुल्न सकेको छैन । घटनास्थलमा स्थानीयको बाक्लो भीड लागेको थियो । प्रहरीले मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update