काठमाडौं : भारतीय सेनाका प्रधान सेनापति धिरज सेठ नेपाल आइपुगेका छन् ।
आइतबार अपराह्न उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि राजाराम बस्नेतका अनुसार उनी चार दिने भ्रमणमा काठमाडौं आएका हुन् ।
भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिने कार्यक्रम तय भएको छ। राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा उनलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सोही दिन नेपाली र भारतीय सेनाप्रमुखबीच जंगी अड्डामा द्विपक्षीय भेटवार्ता हुनेछ । वार्तामा दुई देशका सेनाबीचको सहकार्य, आपसी सम्बन्ध तथा सैन्य तहमा हुँदै आएको समन्वयका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।


