बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । उनले दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाउन संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।
नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो । संविधानअनुसार भदौ ४ गतेभित्र विश्वासको मत लिनुपर्ने भएपछि उनले भदौ १ गते नै प्रक्रिया अघि बढाउन लागेका हुन् ।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । हाल बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसदको समर्थन रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३ १२:११
प्रतिक्रिया दिनुहोस्


