भक्तपुरको सुकुम्वासी होल्डिङ सेन्टरमा एक जना मृत फेला
काठमाडौं : भक्तपुरको बोडेस्थित सुकुम्वासी होल्डिङ सेन्टरमा बस्दै आएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत भेटिने व्यक्ति बाराका ५७ वर्षीय हीरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीका अनुसार पासवान पछिल्लो दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।
प्रहरीले मृत्युको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ । प्रहरीले शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ ।
पासवान यसअघि काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका थिए । सरकारले उक्त क्षेत्रका टहरा हटाएपछि उनी अन्य सुकुम्वासीसँगै भक्तपुरको होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३ १३:२१
प्रतिक्रिया दिनुहोस्


