पूर्वप्रधानमन्त्री देउवा स्वदेश फिर्ता
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल आइपुगेका छन् ।
उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । ५ महिनापछि देउवा आज स्वदेश फर्केिएका हुन् ।
देउवा गत फागुनदेखि उपचारका सिलसिलामा सिंगापुर र हङकङ थिए । हङकङबाट थाइल्यान्ड हुँदै देउवा आज नेपाल आएका हुन् ।
उनलाई स्वागत गर्न पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
सभापति देउवाको स्वागतका लागि नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका हुन् ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३ १२:५५
प्रतिक्रिया दिनुहोस्


