नेपाल न्युज प्वाइन्ट डटकम
पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो ।

एक सांसदको महिलासँगको तस्बिर सामाजिक सञ्जालमा हालेको विषयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update