नेपाल न्युज प्वाइन्ट डटकम
लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक र एक बालिकाको शव फेला परेको छ ।

स्थानीय १० वर्षीय बालक मोहमद रहमतुल्लाह र सोही उमेरकी बालिका सवनम खातुनको शव आज बिहान फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षिक वसन्त गौतमले जानकारी दिए ।

घटनास्थलभन्दा करिब पाँच किमी दक्षिण परोहा नपा वडा नं २ जिङ्गडवास्थित लालबकैया खोला किनारमा करिब २०० मिटरको दूरीमा शव फेलापरेको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी ‘पोष्टमार्टम’ गर्नका लागि प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोली घटनास्थलपतर्फ खटिएको रौतहट जिल्ला प्रहरी प्रवक्ता गौतमले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update