नेपाल न्युज प्वाइन्ट डटकम
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आइतबार कार्कीलाई धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारेखमा राख्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई कर तथा महसुलमा छुट दिने निर्णय प्रक्रियामा अनियमितता भएको दाबी गर्दै कार्कीविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले उनीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबी गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update