नवलपुरमा गर्भवती महिलाको हत्या, श्रीमान पक्राउ

नवलपुर : नवलपुरको हुप्सेकोटमा एक जना गर्भवती महिलाको हत्या भएको छ । हुप्सेकोट गाउँपालिका-६ स्थित एक घरमा गर्भवती महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
३४ वर्षीया चनिसरा लम्कामगरको हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय श्रीमान शेरबहादुर लम्कामगरलाई पक्राउ गरेको छ ।
शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेको प्रारम्भिक अन्सन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
चनिसरा ८ महिनाकी गर्भवती थिइन् । श्रीमतीको हत्या गर्ने शेर बहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० १२:४५
प्रतिक्रिया दिनुहोस्