प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोध
काठमाडौं : प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि विपक्षी दलहरुका सांसदले विरोध गरेका छन् । सभामुख डीपी अर्यालले बैठकको कारबाही अघि बढाउनेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले गत १७ जेठमा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरूले विरोध गर्दै आएका छन् ।
प्रकाशित मिति: सोमबार, साउन २५, २०८३ १४:०२
प्रतिक्रिया दिनुहोस्


