नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई देशको आपसी सम्बन्धका विभिन्न आयामबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री शाहले आजै दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग पनि एक्लाएक्लै छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसअघि प्रधानमन्त्री शाहले चैत २५ गते विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । उनले सुरुवाती चरणमा राजदूतहरूसँग छुट्टाछुट्टै भेट नगर्ने नीति अवलम्बन गरेका थिए । तर अहिले भने प्रधानमन्त्री शाहले राजदूतहरूसँग छुट्टाछुट्टै छलफल गर्न थालेका हुन् ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update