नेपाल न्युज प्वाइन्ट डटकम
सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले दिएको पुनरावलोकनको अनुमतिले बिशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो ढंगले उजागर गर्न पक्कै मद्दत पु¥याउने बताएका छन् ।

पार्टीको आधिकारिकता विवादमा भएको फैसलाका सम्बन्धमा सर्वोच्च अदालतले बिहीबार पुनरवलोकनको अनुमति दिएपछि उपसभापति शर्माको संक्षिप्त टिप्पणी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । ‘सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरेर टुंग्याइसकेको बिषयमा पुनरावलोकनमा नगएको भए पनि लामो बहस पस्चात न्यायिक निरुपण भइसकेकै थियो’, उनले भने, ‘यद्यपि पुन परिक्षणले बिशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्य लाई थप फराकिलो ढंगले उजागर गर्न पक्कै मद्दत पु¥याउनेछ ।’

संयम र परिपक्वतासाथ नेपाली कांग्रेसको बिशेष महाधिवेशनको सम्पुर्ण तथ्यलाई पेश गर्न तयार रहेको उनको भनाई छ । ‘संयम र परिपक्वतासाथ नेपाली कांग्रेसको बिशेष महाधिवेशनको सम्पुर्ण तथ्यलाई सम्मानित न्यायालय समक्ष पुन प्रस्तुत गर्न हामी विल्कुल स्पष्ट, खुला र तत्पर छौं’, उनले भनेका छन् ।

बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति दिएको हो । पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरावलोकनको माग गर्दै छुट्टाछुट्टै निवेदन दिएका थिए । साउन ६ गते देउवा र साउन १२ गते खड्काले यसअघिको फैसलामा त्रुटि भएको दाबी गर्दै पुनरवलोकनको माग गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update