नेपाल न्युज प्वाइन्ट डटकम
निर्मला पन्त हत्या प्रकरणमा सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न- हजुर सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले निर्मला हत्या प्रकरणमा प्रश्न गर्ने सांसदलाई प्रतिप्रश्न गरेका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा गृह मन्त्रालयअन्तर्गत सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेकपाका सांसद विष्णुबहादुर विश्वकर्मालाई प्रतिप्रश्न गरेका हुन् । 

‘यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु । हजुर सत्तामा हुँदाखेरि किन नगर्नुभएको ? र, अहिले हामीलाई आएर भारी बोकाउँदै गर्दा भन्न चाहन्छु– 'यो सेन्सेटिभ विषय हो । हामीले आमाको घाउलाई संसदमार्फत कोट्याएको कोट्यायै गर्ने हो कि संसदमार्फत उहाँलाई पीडा दिइराख्ने हो कि चरणबद्ध रूपमा सूक्ष्म तरिकाले अध्ययन गर्दै रिजल्ट दिने हो ?’  

नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले ‘निर्मला पन्त हत्या प्रकरणमा दोषी पत्ता लगाएर न्याय दिन नसक्नुको कारण के हो ? राज्यसंयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो ?’ भन्ने प्रश्न गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update