नेपाल न्युज प्वाइन्ट डटकम
सुनसरी घटनाका अर्का घाइतेको पनि मृत्यु

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार उपचारकै क्रममा मंगलबार घाइते रवीन्द्र मेहता (२२ वर्ष) को मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

हिन्दु र मुस्लिम दुई पक्षबिच भएको झडपमा प्रहरीले गोली चलाउँदा यसअघि सोही स्थानका दुई युवा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो ।

अर्का एक युवाको सिराहामा प्रहरीकै गोली लागेर मृत्यु भएको थियो ।

गत आइतबार राति कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update