सुनकोशी नदीमा खस्यो कार
काठमाडौं : सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । सोमबार फिक्कल गाउँपालिका-२ नवलपुरमा विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा कार नदीमा खसेको हो ।
कार खसेको सूचना आएलगत्तै हाल प्रहरी र सशस्त्रको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कारभित्र कति यात्रुहरू थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०८३ १२:५९
प्रतिक्रिया दिनुहोस्


