नेपाल न्युज प्वाइन्ट डटकम
ब्रोड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० आरोही बेपत्ता, ४ शव फेला

काठमाडौँ : पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि बेपत्ता भएका १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीको खोजी जारी रहँदा घटनास्थलबाट ४ जनाको शव फेला परेको छ। फेला परेका शवहरूको पहिचान भने अझै खुल्न सकेको छैन ।

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानका अनुसार उद्धार टोलीले स्थलगत खोजीका क्रममा चारवटा शव फेला पारेको हो । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उद्धार तथा खोजी अभियानलाई तीव्र बनाइएको जानकारी दिएका छन् ।

उनका अनुसार उद्धारकर्ता तथा आवश्यक उपकरणसहित हेलिकप्टरहरू ब्रोड पिक क्षेत्रमा परिचालन गरिएको छ । प्रतिकूल हिमाली मौसम र कठिन भूगोलका बीच बेपत्ता आरोहीहरूको खोजी जारी रहेको उनले बताएका छन् ।

हिमपहिरोमा परी बेपत्ता हुनेमा विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाई) सहित नेपाल, पाकिस्तान, ओमान, चीन र अमेरिकाका गरी १० जना सदस्य रहेको अन्तर्राष्ट्रिय टोली छ ।

को-को छन् त बेपत्ता ?

निर्मल पुर्जा (निम्स दाई) (नेपाल – टोली नेता)
पुरबहादुर गुरुङ (युक्ता) (नेपाल)
किली पेम्बा शेर्पा (किलु) (नेपाल)
निमा शेर्पा (नेपाल)
नवाङ थिन्दु शेर्पा (नेपाल)
नाधिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान)
सोहेल साखी (पाकिस्तान)
वाङ जोङ (चीन)
मेलोरी गिस (अमेरिका)

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update