प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयले लिए शपथ
काठमाडौँ : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबाट उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
त्यस्तै आयुक्तद्वय गुरु वाग्ले र डा. राजीव सुब्बाले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरे । वाग्ले र सुब्बाले प्रमुख निर्वाचन आयुक्त कार्कीबाट शपथ ग्रहण गरेका हुन् ।
कार्की सर्वोच्च अदालतको रजिष्ट्रार पदमा कार्यरत रहैकै बखत संवैधानिक परिषदबाट प्रमुख आयुक्तमा सिफारिस भएका थिए । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि कार्कीको शपथ गरिएको हो । प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्त द्वय वाग्ले र सुब्बाले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३ २०:१७
प्रतिक्रिया दिनुहोस्


