काठमाडौं : सरकारले ९ वटा विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यी हुन् संसद्मा पेस गर्न स्वीकृत भएका विधेयकहरू
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक
खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक
बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक
आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक
कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक


