नेपाल न्युज प्वाइन्ट डटकम
कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

काठमाडौं : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेतासमेत रहेका शाही मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

४० सदस्यीय कर्णाली सभामा एमालेका ९ जना र नेकपाका १४ गरी २३ सांसदको शाहीलाई समर्थन छ । प्रदेश सरकार बनाउनका लागी २१ सांसदको आवश्यक पर्छ ।

शाहीले यसअघि भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update