शेखर गोल्छा एक करोड धरौटीमा रिहा
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई दुई कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गरी रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशसँगै एक करोड रुपैयाँ धरौटी बुझाएर गोल्छा धरौटीमा रिहा भएका हुन् ।
उनलाई बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३ १९:०९
प्रतिक्रिया दिनुहोस्


