नेपाल न्युज प्वाइन्ट डटकम
मंगलबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं : कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

शाहीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । उनको शपथ भने बुधबार हुने प्रदेश प्रमुखको कार्यालयले बताएको छ ।

शाही कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त भएका हुन्  ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update