कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
काठमाडौं : नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उनको उपचारको क्रममा मंगलबार निधन भएको हो ।
पूर्वउपसभापति समेत रहेका नेता श्रेष्ठ पछिल्लो समय पेटको क्यान्सरबाट पीडित श्रेष्ठको स्वास्थ्य गम्भीर बनेको थियो ।
पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले उनको निधन भएको पुष्टि गर्दै भोलि बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म पार्थिव शरीर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए ।
श्रेष्ठका ३ छोरा र ६ छोरी छन् । स्याङ्जाबाट पटक–पटक संसदीय निर्वाचन जितेका श्रेष्ठले विगतमा भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री, उद्योग मन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३ १५:३८
प्रतिक्रिया दिनुहोस्


