पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
चितवन : ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । आज बिहान १७ किलो र सिमल ताल नजिक लेदो र ढुंगासहित पहिरो खसेपछि सडक बन्द भएको थियो ।
सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवं इञ्जिनियर कृष्ण आचार्यका अनुसार १७ किलोमा खसेको ढुंगा र सिमलताल नजिक खसेको लेदोसहितको पहिरो पन्छाएर सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो ।
दुवै ठाउँमा तत्काल पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको थियो । क्रमशः सवारी चाप कम भएपछि दुवै ठाउँको पहिरो पूरै हटाएर अहिले ३ः१५ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०८३ १६:३३
प्रतिक्रिया दिनुहोस्


