
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउन रुसले मान्दिहाल्ने अवस्था नरहेको बताएका छन् ।
युगाण्डामा भएको असंलग्न आन्दोलन (नाम)कोे १९औं शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउन पहल भइराखे पनि नेपाल सरकारले भन्नेबित्तिकै रुसले मान्ने स्थिति नरहेको बताएका हुन् ।
रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउन आफूले र परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी राखेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । युगाण्डा भ्रमणका क्रममा पनि नेपाली युवाहरु सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फकाइदिन रूसलाई आग्रह गरिएको प्रधानमन्त्री प्रचण्डले बताए ।