नेपाल न्युज प्वाइन्ट डटकम
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौँ : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको लगातारको विरोध प्रदर्शनपछि उनले राजीनामा दिएको हो ।

आन्दोलनरत पक्षले मन्त्री प्रधानलाई केन्द्रीय मन्त्रिपरिषदबाट हटाउनु पर्ने मुख्य माग राख्दै आएका थिए। यसैबीच, सीजेपी र केन्द्र सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । 

प्रदर्शनकारीहरूका केही प्रमुख मागहरूप्रति केन्द्र सरकारले लिखित प्रतिबद्धता जनाएको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update