नेपाल न्युज प्वाइन्ट डटकम
एमाले-नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति भएको छ । सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  हस्ताक्षर गरेका छन् । 

सार्वजनिक भएको सहमति पत्रअनुसार प्रदेश सभाहरूमा बजेट निर्माणका क्रममा देखिएका असहमति, बजेटविहीन अवस्था तथा राजनीतिक प्रतिस्पर्धाबाट उत्पन्न समस्यालाई समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र विकासलाई गति दिने उद्देश्यले दुई दल सहमतिमा पुगेका हुन् ।

सहमतिअनुसार दुवै दलले सबै प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन् । प्रदेश सरकारको नेतृत्व बाँडफाँडसमेत सहमतिमा उल्लेख गरिएको छ ।

जसअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले नेतृत्व गर्नेछ । मधेश र गण्डकी प्रदेशबारे भने नेपाली कांग्रेससँग थप छलफल गरिने भएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update